नियम
पदपूर्तिको लागि माग गर्ने तरिका
  (१) अख्तियारवालाले निजामती सेवाको रिक्त पदपूर्ति गर्नकोलागि माग गर्दा अनुसूची–१ बमोजिमको फाराम भरी राजपत्राड्ढित पदको हकमा आयोगको केन्द्रीय कार्यालयमा र राजपत्र अनड्ढित पदको हकमा आयोगको सम्बन्धित क्षेत्रीय वा अञ्चल
कार्यालयमा पठाउनु पर्नेछ
(२) उपनियम (१) बमोजिम पदपूर्ति गर्नको लागि माग गर्दा राजपत्र अनड्ढित पदको हकमा प्रत्येक वर्ष असार मसान्त र पुष मसान्तसम्मको रिक्त पदपूर्तिको लागि वर्षमा दुई पटक माग गर्नु पर्नेछ ।